जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १८:४६

प्रवासी नेपालीसँग एमाले उम्मेदवार सुहाङ नेम्वाङको अपिल : जीतको आधार खडा भइसकेको छ, परिवारका सदस्यलाई सूर्यमा मतदान गर्न भनिदिनोस है


काठमाडौं, चैत ३० । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका सुहाङ नेम्वाङले सवै मतदाताको मनमा बस्न सक्ने बातावरण बनाउन आफू क्रियाशिल रहेको जानकारी दिनुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तरारष्ट्रिय कमिटीले नयाँ बर्ष २०८१ को अवसरमा आज आयोजना गरेको भर्चुअल शुभकामना आदान प्रदानकार्यक्रममा सहभागी हुँदै उम्मेदवार नेम्वाङले इलामेली जनताको मन जित्न आफू क्रियाशील रहेको जानकारी दिनुभएको हो ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवं नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहनुभएको कार्यक्रममा बोल्दै युवा नेता नेम्वाङले इलामेली जनताको चाहनाको सही रुपमा ख्याल गर्दै आवश्यकता पहिचानसहित समस्या समाधानका लागि आफू र आफ्नो टीम लागिपरेको बताउनु भयो ।

‘चुनावी अभियान निकै राम्रो छ । हामी घरदैलो अभियान चलाएर कार्यक्रम गरिरहेका छौं । यहाँको माहोल अत्यन्तै राम्रो छ । सवै जनाको माया पाएका छौं । बुवा (सुवासचन्द्र नेम्वाङ) प्रतिको अगाध माया, सम्मान अथाह पाएको छु,’ नेम्वाङले भन्नुभयो, ‘सूर्यमा मत हालेर बिजयी बनाउन हामी सवै मतदातासामू आह्वान गरिरहेका छौं, आग्रह गरिरहेका छौं । सवै इलामेली आमाबुवा दाजुाभाई दिदीबहिनीहरुलाई बिश्वस्थ तुल्याउने काम गरिरहेका छौं ।’

उहाँले अहिलेसम्म उत्यन्तै उत्साहजनक माया पाएको भन्दै बिजयी बन्ने आधार खडा भइसकेको बताउनु भयो । ‘अहिलेसम्मको अवस्था हेर्दा चुनाव जित्छौं भन्ने बिश्वस्थ बातावरण बनिसकेको छ, चुनाव जित्ने दह्रो आत्मबिश्वास जागेको छ,’ नेम्वाङले भन्नुभयो । उहाँले चुनावमा प्रवासमा रहेका नेपालीको पनि निकै महत्वपूर्ण भूमिका हुने भन्दै आफ्ना परिवारका सदस्यलाई मतदान गरी आफूलाई बिजयी बनाउने काममा लागिदिन अनुरोध गर्नुभयो ।

 

‘अघिल्लो चुनावको बेलामा मैले यसरी नै तपाईहरुसँग बुवालाई जुम मिटिङमा जोडाइ दिएको थिएँ । ठूलो सहयोग गर्नुभयो उहाँलाई जिताउनका लागि । तर बुवा बित्नुभयो । उहाँको त्यो अभाव पूरा गर्न मलाई पार्टीले उम्मेदवार बनाएको छ । अहिले फेरि मलाई पनि माया गरेर जोडनु भएको छ । म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ नेम्वाङले भन्नुभयो । ‘मेरो धेरै भन्नु छैन, प्रवासमा रहनुभएका तपाईहरु सवैले आफ्नो परिवारलाई भनेर सूर्यमा मतदान गरी हामीलाई जिताउने अभियानमा लागिदिन बिशेष आग्रह गर्दछु,’ नेम्वाङले भन्नुभयो ।

उहाँले आफ्नो ठाउँबाट यसपटक बैशाख १५ गतेको चुनावमा सूर्यमा मतदान गर्नका लागि भूमिका निर्वाह गरेर बिजयी बनाउने अभियानको नेतृत्व गर्न पनि आग्रह गर्नुभयो । उम्मेदवार नेम्वाङले इलामको उपनिर्वाचनमा एमालेको जीत निश्चित जस्तै बनेको तथ्य पनि सुनाउनु भयो ।