जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार २१:०२

नेपाल बन्न नदिने तीन वटा गलत भाष्यको शिकार नबन्न प्रवासमा रहेका नेपालीलाई एमाले अध्यक्ष केपी ओलीको आह्वान


काठमाडौं, चैत ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरुले तीन गलत भाष्य निर्माण गरिरहेको भन्दै सतर्क रहन स्वदेशदेखि बिदेशसम्म रहेका नेपालीलाई आह्वान गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले नयाँ बर्ष २०८१ को पूर्वसन्ध्यामा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको तथ्यसहित तीन बिषयमा प्रष्ट हुन आग्रह गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ‘पुराना सवै पार्टी खराव हुन’ भन्ने कुरा, जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने कुरा अहिले निकै अफवाहका रुपमा नेपालीको कानमा हालिएको भन्दै यी तीनै कुरा गलत रहेको तथ्य राख्नुभयो । ‘अहिले जवर्जस्त रुपमा अफवाह फैलाएर गलत भाष्य निर्माण गरिएको छ । गर्न खोजिदै छ । शतप्रतिशत झुटो निराशा बाँडेर जनतामा निरासा ल्याउने प्रयत्न भइरहेको छ,’ अध्यक्ष ओलीले भन्नुयो ।

उहाँले स्वदेशदेखि बिदेशमा रहेका कुनै पनि नेपाली अफवाहको शिकार २०८१ मा हुन नहुने आगामी बर्ष भ्रममुक्त बर्षका रुपमा स्थापित गर्न सवैलाई आग्रह गर्नुभयो । ‘नेपालभित्र र नेपाल बाहिर पनि नेपालीहरुमै केही अन्यौलको स्थिति देखापरेको छ । गलत भाष्यहरु सिर्जना हुन खोजेका छन । पुरानाले केही गर्दैनन, नयाँले केही गर्छन भन्ने भ्रम देखिएको छ । पुराना सवै खराव हुन भन्ने भाष्य खडा गर्न खोजिएको छ, त्यो कुरा पूर्णत गलत हो, नेकपा एमालेले बाहेक अरुले गर्न सक्दैनन भन्ने सत्यलाई लुकाउन खोजिएको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘सवै पुराना उस्तै छैनन । पुराना सवै खराव छैनन । नयाँ प्रचार गरिएजस्तो राम्रा छैनन, हुँदै होइनन ।’

अध्यक्ष ओलीले नेपालीकै बल र बुतामा मुलुक बनाउने खाकासमेत राख्नुभयो । ‘देश बिकाश गर्नै सकिदैन भन्ने कुरा पनि गलत हो । एमाले नेतृत्वको सरकारले छोटो समयमै दुनियाको प्रविधिलाई अंगिकार गरेर बिकासको काम अघि बढाएको तथ्य हो । यो सच्चाइलाई छोप्न अफवाह फैलाउन खोजिएको छ । यसप्रति सचेत हुनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले मनोबल कमजोर बनाउने होइन, हामी गर्न सक्छौं भन्ने कुरा स्थापित गरेका छौं । अहिले जे भाष्य स्थापित गर्न खोजिएको छ, पुरानाले केही गर्न सक्दैनन भन्ने, त्यो भाष्य बिल्कुलै गलत छ ।’

पुराना सवै पार्टी खराव हुन’ भन्ने कुरा, जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने कुरा अहिले निकै अफवाहका रुपमा नेपालीको कानमा हालिएको भन्दै यी तीनै कुरा गलत रहेको तथ्य राख्नुभयो । ‘अहिले जवर्जस्त रुपमा अफवाह फैलाएर गलत भाष्य निर्माण गरिएको छ । गर्न खोजिदै छ । शतप्रतिशत झुटो निराशा बाँडेर जनतामा निरासा ल्याउने प्रयत्न भइरहेको छ,’ अध्यक्ष ओलीले भन्नुयो ।

उहाँले गठबन्धन फेरिएसँगै मुलुक ट्रयाकमा आउन थालेको बताउनु भयो । ‘देश सही बाटोमा आएको छ । अव राष्ट्रियत हित र बिकाशको गति तीब्र ढंगले अघि बढछ । राजनीतिक अस्थिरता देशका लागि दूरगामी रुपमा प्रत्युत्पादक र हानीकारक हुनसक्छ । बिश्लेषनात्मक ढंगले हामी चल्नुपर्दछ । तर्कहीन वा बहकावका तर्कमा बहकिएर होइन, यथार्थतामा कसले कसरी काम गर्न सक्छ ? कस्ले कुन ढंगले देशलाई हाँक्न सक्छ ? कोसँग भिजन छ ? कोसँग छैन ? कस्ले देश र जनताको हितमा काम गरिरहेको छ, कस्ले छैन भन्ने कुरालाई बुझनुपर्छ । यो कुरामा कोही पनि भ्रममा पर्नुहुँदैन ।’

उहाँले पुरानो भन्दैमा सवैले गर्छन भन्ने नभएको तर एमालेले चाँहि गरेर प्रमाणित गरिसकेको तथ्यहरु राख्नुभयो । यस्तै नयाँले केही गर्न नसक्ने यथार्थ बुझनुपर्ने बताउनु भयो । ‘पुराना भए, गरिहाल्छन भन्ने भ्रम पनि पाल्नु हुन्न । सवै पुराना दलले गर्न सक्दैनन । पुराना भएर भोटो फटाउँदैमा गर्न सक्छन भन्ने छैन । नयाँ आए, तिनले गर्छन भन्ने पनि होइन । कुनै पनि अनुभव नभएका, भिजन नभएका, गन्तब्य नभएका पार्टीले त केही गर्नै सक्दैन । गन्तब्यहीनताले कँही पुगिदैन । कहाँ जाने भन्ने ठेगान नभएको पार्टीले देश बनाउने होइन, अन्तै पुर्याउँछ । यत्ति सामान्य कुरामा पनि भ्रम पाल्नुहुन्न,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले अहिले राजतन्त्रको वकालत गर्दै संबिधानमाथि बलमिच्याइ गरिरहेको तर्फ पनि सवै बिशेष रुपमा सतर्क रहनुपर्ने बताउनु भयो । ‘जन्मदै ठूलो, सर्वश्रेष्ठ भन्ने कुरा मानव समाजमा स्वीकार्य हुन्न । जन्मसिद्ध अधिकारको आधारहीन सिद्धान्त, हिपोक्रेसीमा चलेर ब्यक्तिगत सर्वाेच्चता र सम्पूर्ण नागरिकभन्दा माथि ब्यक्ति सर्वाेच्च हुन्छ भन्ने कुरा बिल्कुलै गलत छ । अस्वीकार्य छ,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै पनि धर्म वा जातका आधारमा जन्मसिद्ध श्रेष्ठता वा स्वतह सर्वाेच्चता भन्ने कुरा बिल्कुलै गलत हो । उमेरले मान्छे सानो ठूलो हुन सक्छ, ओहदालाई पनि सानो ठूलो भन्न सक्छौं । तर सर्वाेच्चताको कुरा नेपाली जनता हुन । शक्तिको स्रोत नेपाली जनता हुन, सर्वाेच्चता जनतामा छ, कुनै ब्यक्ति बिशेषमा होइन ।’

उहाँले पुराना अन्धबिश्वास वा आग्रहमा अल्झिहरने गल्ती गर्न नहुनेमा पनि जोड दिनुभयो । बिगतमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि मुलुकले निकै ठूलो क्षती बेहोर्नु परेको भन्दै देशका खातिर नयाँ गठबन्धन बनाउनु परेको पनि अध्यक्ष ओलीले बताउनु भयो ।

नेपालभित्र र नेपाल बाहिर पनि नेपालीहरुमै केही अन्यौलको स्थिति देखापरेको छ । गलत भाष्यहरु सिर्जना हुन खोजेका छन । पुरानाले केही गर्दैनन, नयाँले केही गर्छन भन्ने भ्रम देखिएको छ । पुराना सवै खराव हुन भन्ने भाष्य खडा गर्न खोजिएको छ, त्यो कुरा पूर्णत गलत हो, नेकपा एमालेले बाहेक अरुले गर्न सक्दैनन भन्ने सत्यलाई लुकाउन खोजिएको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘सवै पुराना उस्तै छैनन । पुराना सवै खराव छैनन । नयाँ प्रचार गरिएजस्तो राम्रा छैनन, हुँदै होइनन ।’

‘नेपाल एउटा बिकासको बाटोमा लम्किरहेको थियो, बीचमा केही ब्यवधान खडा भयो । बिकास रोकियो । हाम्रो बिबिधतालाई दुरुप्योग गरेर सामाजिक सदभाव खल्बल्याउने प्रयाशहरु भए । तर अव परिस्थिति फेरिउको छ । अव राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर हाम्रो सार्वभौमसत्ता, हाम्रो स्वतन्त्रता र राष्ट्रिय अखण्डतालाई साँचो अर्थमा प्रयोग गर्दै हामी सुशासन र बिकासको गतिलाई अघि बढाउने अभियानमा जुटेका छौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले नयाँ बर्ष उमंगको बर्षका रुपमा अघि बढाउनु पर्ने भन्दै सवैलाई सो कामका लागि शुभकामना दिनुभयो । ‘ हामीले बर्ष २०८१ लाई भ्रमहरुबाट मुक्त बर्ष, अबिश्वासबाट मुक्त, आलश्यबाट मुक्त बर्ष बनाउनु पर्छ । देश बन्दैन भन्ने भ्रमबाट मुक्त बनाउनु पर्छ । भ्रममुक्त बर्ष, बिश्वासको बर्ष, खुसयालीको बर्ष बनाउनु पर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाल र नेपालीप्रतिको अबिश्वास, आफैप्रतिको अबिश्वास होइन, म बनाउँछु मेरो देश भन्ने बिश्वास जगाउने बर्षका रुपमा स्थापित गर्नूपर्छ । कुनैपनि देश अरु कसैले आएर बनाइ दिएको छैन । आफैले बनाउने हो । नेपाल पनि अरु कसैले आएर बनाइ दिँदैन, हामी नेपाली आफैले बनाउने हो । यो दह्रो आत्मबिश्वास हामी सवैमा हुनुपर्छ । बिशेष गरी युवाहरुमा हुनुपर्छ ।’

अध्यक्षा ओलीले आफ्नै पौरखले, आफ्नै प्रकृतिअनुसार हामीले आफ्नो बिकास गर्नुपर्छ भन्ने कुरामा सवै प्रष्ट हुनुपर्ने धारणा पनि राख्नुभयो । अध्यक्ष ओलीले जनतामा आशा जगाउने र देखिने गरी परिणाम ल्याउने काममा आफूहरु जुटेको भन्दै सघाउन आग्रह गर्नुभयो ।

‘जनताको जीवनस्तर सहज नबनाउने हो भने अव नागरिकमा आशा जगाउन सकिन्न । सरकारले त्यो काम गर्नूपर्छ । यसरी नजाने हो र अव पनि सरकारले यस दिशातर्फकाम नगर्ने हो भने अवको स्थिति सम्हालिन गाह्रो हुन्छ । अवस्थामा परिवर्तन ल्याउनै पर्छ । यो काममा हामी जुटिसकेका छौं,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले मुलुकमा बिगत केही समय गलत गठबन्धन रहेको कारण उत्पन्न भएको अवस्थाको फाइदा उठाउने षडयन्त्रमा प्रतिगामी शक्ति लागेको तथ्य पनि राख्नुभयो ।

जन्मदै ठूलो, सर्वश्रेष्ठ भन्ने कुरा मानव समाजमा स्वीकार्य हुन्न । जन्मसिद्ध अधिकारको आधारहीन सिद्धान्त, हिपोक्रेसीमा चलेर ब्यक्तिगत सर्वाेच्चता र सम्पूर्ण नागरिकभन्दा माथि ब्यक्ति सर्वाेच्च हुन्छ भन्ने कुरा बिल्कुलै गलत छ । अस्वीकार्य छ

‘अहिलेको बिषम अवस्थाको फाइदा उठाएर प्रतिगामी शक्तिहरु, अराजकवादी शक्तिहरु, साम्प्रदायिक शक्तिहरु आफ्नो छुद्र स्वार्थ र प्रतिगामी स्वार्थका लागि दुरुपयोग गर्न खोजिरहेका छन । हामी यसप्रति सजग छौं । त्यो षडयन्त्र चकनाचुर पारिदिन्छौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।

 

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा मञ्चका इञ्चार्ज डा. राजन भट्टराईले प्रवासी नेपाली मञ्चले नेपाली चाड पर्वको अवसर पारेर गर्दै आएको गतिबिधिले प्रवासमा रहेका नेपालीलाई नेपाल बुझाउने काम गरेको भन्दै धन्यवाद दिनुभयो ।

यस्तै एमाले इलाम २ का उपनिर्वाचनका उम्मेदवार सुहाङ नेम्वाङले अहिलेसम्मको अभियानबाट जीत्ने आधार बनेको भन्दै सानदार जीतका लागि प्रवासबाट आफ्ना परिवारका सदस्यलाई मत दिन लगाउने काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले मञ्च मातृभूमि नेपालको समृद्धिकालागि स्पष्ट खाकासहित बिश्वभर अभियानमा रहेको भन्दै यो काम पूरा गर्न पार्टी नेतृत्वबाट पाएको माया निकै अबिश्मरणीय रहेको बताउनु भयो । उहाँले जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने नारालाई सर्थक बनाउन सवैलाई अफिल गर्दै नयाँ बर्षको शुभकामना दिनुभयो ।

सचिव हेम शेर्पाले सञ्चालन गर्नुभएको कार्यक्रममा अन्तराष्ट्रिय कला, साहित्य तथा संस्कृति बिभागकी प्रमुख सरस्वती केसीले स्वागत गर्नुभएको थियो भने उपाध्यक्ष रमेश पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा कलाकारद्वय जीवन दाहाल, राजा राजेन्द्र पोखरेल, मञ्चका कला साहित्य संस्कृति बिभाग सचिव हडग न्यौपाने, सदस्यद्वय लीलाराज कार्की, प्रेमप्रसाद भट्टराईले कविता र गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय कमिटीका पदाधिकारी, सचिवालय सदस्य,केन्द्रीय सदस्यसहित महादेश कमिटी, राष्ट्रिय कमिटी र राज्य कमिटीका नेताहरु सहभागी हुनुभएको थियो ।