वासिंगटन डिसी, १ बैशाख । इरानले इजरायल माथी हमला गर्न सक्ने अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिनुभएको हो । तर, उहाँले इरानले इजरायल माथी आक्रमण गरे रक्षाका लागि उभिने जनाउनुभएको छ । यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाउनुभएको हो ।
इरान हमलाको डर बढ्दै जाँदा ‘छिट्टै भन्दा छिटो’ इजरायलमा आक्रमण गर्नेसक्ने उहाँले जनाउनुभएको हो । इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ । तर, इजरायलले त्यसलाइ स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाई छ । अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्