जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १०:०५

कुमारी बैंकको नयाँ वर्ष अफरमा आइफोन १५ जित्ने मौका


काठमाडौं, बैशाख २ । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौं आइफोन १५ एकास्सी’ सुचारु गरेको छ ।

बैंकले जनाएअनुसार यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी ५ सय रुपैयाँको टोपुप (Topup) र कुनैपनि एउटा डाटाप्याक  (datapack) खरिद गर्दा एक भाग्यशालीग्राहकले ब्रान्ड न्यू आइफोन १५ जित्न सक्नेछन ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सकिने कुमारी बैंकले जनाएको छ । बैंकका अनुसार यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।

नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ्ग कारोबार सुरु गर्दै नेपालको १५औं वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो।

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्गएकाइहरू सहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।