काठमाडौं, असोज १० । नजिकिँदै गएको दशैंलगायतका चार्डपर्वलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बलले देशका विभिन्न ९१ स्थानमा सहायता कक्ष स्थापना गरेको छ । यात्रु तथा स्थानीय नागरिकलाई सघाउ पुर्याउने उदेश्यका साथ आइजीपी शैलेन्द्र खनालको योजनाअनुसार दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सहायता कक्ष राखिएको हो ।
सशस्त्र मुख्यालयका अनुसार चार्डपर्व लक्षित सहायता कक्ष प्रदेश नम्बर १ मा २० स्थानमा राखिएको छ भने प्रदेश नम्बर २ मा ४७ स्थानमा तथा प्रदेश नम्बर ३ मा एक ठाउँमा, गण्डकी प्रदेशमा एक ठाउँमा, प्रदेश नम्बर ५ मा १६ ठाउँमा र सुदूरपश्चिम प्रदेशमा ६ ठाउँमा सहायता कक्ष राखिएको छ ।
सशस्त्र प्रहरी मुख्यालयस्थित सूचना शाखाका अनुसार यी सहायता कक्षले स्थापनायता १ हजार ७ सय ७४ जना सेवाग्राहीलाई सेवा प्रदान गरिसकेको छ । आवश्यक देखिएका अन्य स्थानहरुमा समेत सहायता कक्षहरु राखेर सेवा प्रदान गरिने सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्