काठमाडौं, बैशाख २ । नयाँ वर्ष २०८१ सालको पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकहरुको चहलपहलमा कमि आएको छ । २०८१ सालको पहिलो दिन १५ हजार जति पर्यटकहरु लुम्बिनी भ्रमणमा आएको लुम्बिनी विकासका सुचना अधिकृत राजन बस्नेतले जानकारी दिए। गत वर्ष बैशाख १ गते ३८ हजार ५३६ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । यो नयाँ वर्ष २०८१ सालको पहिलो दिनको तुलनामा ६० प्रतिशतले घटेको कोषले जनाएको छ ।
कोभिड अघिका नयाँ वर्षमा लुम्बिनीमा थामी नसक्नुको भिड हुन्थ्यो । २०७६ सालको नयाँ वर्षको दिन मात्र १ लाख ६ हजार ९९५ जनाले लुम्बिनी घुमेका थिए । त्यस अघि २०७५ को पहिलो दिन १ लाख ९ हजार ५२७ जना लुम्बिनी आएका थिए । २०७४ मा ८३ हजार ९५० जना नयाँ वर्ष मनाउन लुम्बिनी आएका थिए । भुकम्प र नाका बन्दीको प्रभावका कारण २०७३ को नयाँ वर्षमा लुम्बिनी घुम्नेहरुमा कमी आएको थियो ।
होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवालीका अनुसार लुम्बिनीमा आन्तरिक पर्यटकहरुको आगमन कमी हुनुमा बुटवल नारायणगढ सडक विस्तारमा ढिलाई हुनु मुख्य कारण र सडक अस्तव्यस्त हुँदा यात्रा गर्न निकै कठिनाइ छ । जसका कारण भ्रमणमा आउनेहरु नारायणगढ पश्चिम आउन नखोज्ने ज्ञवाली बताउँनुहुन्छ । यसैगरी, गत एक हप्ते ध्यान सिविर, लुम्बिनी पिस फेस्टीवल, नेपाल शिक्षक संघको प्रतिनिधिहरुको भेलाले लुम्बिनीमा चहलपहल बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्