जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १७:३९

सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित : भीम रावल


काठमाडौं, २ बैशाख । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित भएको टिप्पणी गर्नुभएको छ । सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबि पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गर्नुभएको हो ।

नेता रावलले यस्तै कृत्य संघियताको मानक हो भने संघियताको औचित्य नभएको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ,‘कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास्वार्थको खेल (दुईजनाको मुख्यमन्त्रीमा दावी र एक दलका सदस्यको दुईतिर समर्थन !) संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !’