जनता टाइम्स

३ बैशाख २०८१, सोमबार १३:०८

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने


काठमाडौं, ३ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेपछि १८–१८ ओभरको हुने भएको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ । समुह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो । नेपालको प्लेइङ–११ः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहोरा ।