जनता टाइम्स

३ बैशाख २०८१, सोमबार १८:०९

कोशी प्रदेश सभाको सचिवमा पराजुली पुनः नियुक्त


विराटनगर, ३ बैशाख । कोशी प्रदेश सभाको सचिवमा गोपाल प्रसाद पराजुली पुनः नियुक्त गर्नुभएको छ । आज प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गर्नुभएको हो ।

कोशीका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले नियुक्त गर्नुभएको हो ।

पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त हुनुभएको थियो । उहाँलाई बैशाख ९ गतेदेखि लागु हुने गरि नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।