जनता टाइम्स

३ बैशाख २०८१, सोमबार २०:३६

पूरा भयो केपी ओलीको अर्काे सपना : छिचोलियो थानकोट-नागढुंगा सुरुङ मार्ग


काठमाडौं, बैशाख ३ । नेपाललाई सुरुङ युगमा प्रवेश गराउने महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको थानकोट–नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ‘डिम प्रोजेक्ट’को रुपमा अघि बढाउनु भएको सो सुरुङ आजबाट छिचोलिएको छ ।

तात्कालिन प्रधानमन्त्री ओलीले अनेकन आक्षेप र खिसिटिउरीलाई कुनै पर्वाह नगरी मुलुकलाई सुरुङ युगमा पुर्याउने घोषणा सहित यो आयोजना अघि बढाएर सिलान्याश गर्नुभएको थियो ।ओलीले शिलान्यास गर्नुभएको सो आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सुरुङ छिचोल्नका लागि स्वीच थिच्नुभयो ।

प्रधानमन्त्री दाहालले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ ।

सरकारबाट हटे पनि एमाले अध्यक्ष ओली सो सुरुङ मार्गको कामको बिषयमा जानकारी लिन धेरै पटक पुग्नुभएको थियो । ओलीले निरन्तर रुपमा अनुगमन गर्न थालेपछि आयोजनाको काममा ढिलासुस्त हुनबाट रोकिएको थियो । गत महिनानै सुरुङ ब्रेक थ्रू गर्न लागिएको भएपनि केही प्राविधिक काम नमिलेर रोखिएको थियो ।

आयोजना ब्रेक थ्रू कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताउनु भयो । यस्तै उहाँले केपी ओलीले नै अघि बढाउनु भएको अर्काे ड्रिम प्रोजेक्ट सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको सुरूङ छिटै ‘ब्रेक–थ्रु’ हुने जानकारी दिनुभएको छ ।

नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई सो सुरुङमार्ग निर्माण भएपछि निकै सहज हुनेछ । आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने जानकारी आयोजनाले दिएको छ ।

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार आज प्रधानमन्त्री दाहालबाट ‘ब्रेक थ्रु’ गरिएको सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर रहेको छ । आपतकालीनरुपमा प्रयोग गरिने सुरुङको भने गत साउनमा नै ‘ब्रेक थ्रू’ गरिसकिएको छ ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्ने उहाँले बताउनु भयो । आयोजनाको कूल लागत २२ अर्ब रुपैयाँ बराबर रहेको छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

प्रधानमन्त्री दाहालले आज सुरुङको ब्रेक थ्रू गरेसँगै केपी ओलीको एउटा सपना पूरा भएको छ । अव सो सुरुङ मार्गमा देखापरेका सवै अवरोध पनि लगभग सकिएको छ । तात्कालिन प्रधानमन्त्री ओलीले यो परियोजना अघि बढाउँदा ‘नेपाल बनाउन सकिदैन, नेपालमा केही गर्न सकिन्न’ भन्ने अफवाह फैलाउँदै बिदेशीको चाहना पूरा गर्न लाग्नेहरुलाई यो काम सम्पन्न भएसँगै गतिलो जवाफ मिलेको छ ।

 

प्रधानमन्त्री दाहालले आज सुरुङको ब्रेक थ्रू गरेसँगै केपी ओलीको एउटा सपना पूरा भएको छ । अव सो सुरुङ मार्गमा देखापरेका सवै अवरोध पनि लगभग सकिएको छ । तात्कालिन प्रधानमन्त्री ओलीले यो परियोजना अघि बढाउँदा ‘नेपाल बनाउन सकिदैन, नेपालमा केही गर्न सकिन्न’ भन्ने अफवाह फैलाउँदै बिदेशीको चाहना पूरा गर्न लाग्नेहरुलाई यो काम सम्पन्न भएसँगै गतिलो जवाफ मिलेको छ ।

थानकोट–नागढुंगा सुरुङ ब्रेक थ्रू भएपछि एउटा भिजनकारी नेताले चाहेको अवस्थामा मुलुक बन्छ र बनाउन सकिन्छ भन्ने दह्रो आत्मबिश्वास पलाएको छ भने केपी ओलीलाई गलाी गर्नेहरु आफै लज्जित बनेर अनुहार छोप्दै भाग्नु परेको छ ।