पोखरा, ३ बैशाख । यही बैशाख १ गतेबाट हराईरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् ।
सेती नदीको १५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ बर्षका युवक बैशाख १ गतेदेखि हराएका थिए ।
प्रतिक्रिया दिनुहोस्