जनता टाइम्स

११ आश्विन २०७६, शनिबार ११:१२

गोदाममै थन्किए जडीबुटी


नेपालगञ्ज, असोज ११

नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन् । भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि जडीबुटी निकासी हुन नसकेर गोदाममै थन्किएका हुन् । नेपालबाट रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतका जडीबुटीको आयातमा भारतले छ महीनादेखि प्रतिबन्ध लगाएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले केही वर्षदेखि ‘ट्रान्जिट परमिट’ को नाममा भारतले विभिन्न प्रकारका अवरोध सिर्जना गरेकाले जडीबुटीको निकासी न्यून हुँदै गएको बताउनुभयो ।