जनता टाइम्स

५ बैशाख २०८१, बुधबार २०:५७

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा बिशेष छुट


काठमाडौं, बैशाख ५ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई कमलादीस्थित स्काइवाक टावरको टिकट खरिदमा छुट हुने भएको छ ।

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच सो सम्बन्धी दुई पक्षीय समझदारी भएको हो । सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर (ऋःइ) रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रालि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा दिइएको जानकारी अनुसार आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित गरेको यस सम्झौता अन्र्तगत, प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई बर्षसम्म उपभोग गर्न पाउनेछन् । यस सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ । प्रभु बैंक द्धारा यस किसिमका ग्राहक लक्षित छुटतथाअन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरुलगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी पनि सो बैंकले दिएको छ ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृष्यावलोकन गरी मनोरजञ्जन लिन सकिने बताइएको छ । प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैकिङ्ग तथा वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रभु बैंकले विश्वभरबाट रेमिट्यान्स सेवा दिदै रेमिटान्स खातामार्फत उच्च व्याजदरमा सेवा पनि दिँदै आइरहेको जनाएको छ ।