जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार २२:२०

उद्योगको विकासबाट अर्थतन्त्र चलाएमान बनाउनु पर्छ : मन्त्री भण्डारी


काठमाडौं, ६ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सबल र सक्षम अर्थतन्त्र बनाउन उद्योगी व्यवसायीहरुको आत्मवल बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज नेपाल चार्टर्ड एकाउण्टेण्ड संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक छ ।’

अर्थतन्त्रका सूचकहरु सुधार भइरहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगको विकासका माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न सके मात्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गरी देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने बताउनुभयो । उहाँले केही समयदेखि अर्थतन्त्रमा देखिएका सिथिलतामा सुधारहरु आउन थालेको दाबी गर्नुभयो ।

‘सरकारले लिएका नीति नियमहरु राज्यका निकाय र निजी क्षेत्रले परिपालना गरेका कारण अर्थतन्त्रमा सुधार हुँदै आएको छ ।’ मन्त्र िभण्डारीले भन्नुभयो ‘लेखा व्यवसायीहरूको कार्यकुशलतामार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरू यथार्थ हुँदै प्रशासकीय सुधार गरी दिगो र बलियो हुँदै छ ।’

यस्तो छ मन्त्री भण्डारीको भनाइः

लेखा व्यवसायीहरुको कार्यकुशलता मार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरुको यर्थाथ र उचित विवरणको कारण सुधार हुने र प्रशासकिय सुधारमा दिगो र बलियो हुँदै गएको छ । राज्यका नीति नियम परिपालनको कारण मजबुँत हुँदै गएबाट अर्थतन्त्रमा पारदर्शिता जवाफ देहिता,व्यवस्थापकीय सक्षमता एवम् वित्तीय अनुशासन पालना समेत थप प्रभावकारी हुँदै गएको छ ।

केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ । अर्थतन्त्रका केही सूचकहरु सुधार रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगधन्दा विकासको माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको छ ।

सबल र सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मवल बढाउँदै नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न आवश्यक देखिएको छ । यसले अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने देशभित्रै रोजगारीका अवसरहरु सिर्जना हुन्छ ।