जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १४:०५

नेपाललाई पहिलो सफलता, सोमपालको बलमा युएइका कप्तान आउट


काठमाडौं, ७ बैशाख । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।

नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल युएईले १.२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।