जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १८:१८

मस्कको सुझाव – रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !


काठमाडौं, ७ बैशाख । स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच शान्तिको अपील गर्नुभएको छ । आफ्नो एक्स ह्यान्डलमा आफ्नो सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको फोटो सेयर गर्दै मस्कले एकअर्कालाई होइन, ताराहरूमा रकेट पठाउनुपर्छ भन्नुभएको छ ।

इरानले आक्रमण गरेको ६ दिनपछि आज बिहान इजरायलले इरानमा ड्रोन र मिसाइल प्रहार गरेको दाबि गरिएको थियो ।

तर इरानले भने इजरायलले कुनै आक्रमण नगरेको दाबी गरेको छ । यहि अप्रिल १३ मा इरानले इजरायलमा ३०० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । यस अवधिमा उनीहरूले इजरायलको नेभाटिम एयरबेसलाई निशाना बनाएपनि इजरायलले लगभग सबै आक्रमणलाई असफल बनाएको थियो ।