जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १९:२४

प्रदर्शन गर्दा फोहरमैला तथा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै जरिवाना तिर्न काठमाडौं महानगरको राप्रपालाई पत्र


काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ । गत चैत २७ गते राप्रपाले गरेको काठमाडौँ जनप्रदर्शनको क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरको हो ।

काठमाडौं महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ । त्यस्तै, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

राप्रपा पार्टी कार्यालयमा पत्र पठाउँदै महानगरले क्षतिपूर्तिको रकम महानगरको एनआईसी एशिया बैंकको खाता नम्बर ००१२०५००६१४७५०४७ मा दाखिला गर्न आग्रह गरेको छ । महानगरको बैंक खातासमेत उल्लेख गरेर सो अनुसारको जरीवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको हो ।