जनता टाइम्स

९ बैशाख २०८१, आईतवार १७:५७

गोरखा प्रशासनले भन्यो – बुढीगण्डकी नदी आसपासमा सतर्कता अपनाउनु


गोरखा, ९ बैशाख । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा एक सूचनामा २४ घण्टासम्म नदीमा पानीको वहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा विहान ९ बजेको आसपासमा हिम पहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको वहाव बढेको थियो ।