जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १६:१४

गृहमन्त्री सवार हेलिकोप्टर रामेछापमा आकस्मिक अवरण, यस्तो छ कारण


काठमाडौं, असोज ११ । जनकपुरमा आयोजित प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जानुभएका गृहमन्त्री रामबहादुर थापा, बादल सवार हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण गरिएको छ । खराव मौसमका कारण सुरक्षा गोष्ठीका प्रमुख अतिथि रहनुभएका गृहमन्त्री थापा सवार हेलिकोप्टर रामेछापमा आकस्मिम अवतरण गरी काठमाडौं फर्किएको छ ।

गृहमन्त्री थापा चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गरेको थियो । सुरक्षा गोष्ठीमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरोको कारण रामेछापको मन्थली विमानस्थलमा आकास्मिक अवतरण गराइएको थियो । नेपाली सेनाको एमआई ०५६ हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले बताउनु भयो ।

मन्थलीको एक होटलमा खाना खाएर केहीबेर मौसम खुल्ने आशामा रहेपनि मौसम नखुलेपछि गृहमन्त्री थापा काठमााडौं फर्किनुभएको हो । हेलिकोप्टरमा गृहमन्त्री थापासहित गृह सचिव प्रेमकुमार राई पनि हुनुहुन्थ्यो ।