चितवन, असोज ११ । ‘नेपालका लागि नेपाली’ नामक अभियानका नाममा अराजक गतिबिधि गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि निर्घाट कुटपिट भएको छ । अभियानले चितवनको चौबिसकोठीमा राखेको कार्यक्रममा सहभागी हुन चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण गरिएको हो । त्यसलगत्तै उनीमाथि कुटपिट भएको हो ।
कुटपिटबाट शाही घाइते भएका छन । शाहीलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । शाही समर्थकहरुले आक्रमण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले गरेको दाबी गरेका छन् । केही साताअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो ।
उक्त घटनाको केही दिनपछि शाहीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पनि उनीमाथि आक्रमण भएको थियो । यस क्रममा पनि उनलाई प्रहरीले उद्धार गरेको थियो । यस क्रममा उनले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै भविष्यमा त्यस्तो व्यवहार नगर्ने सर्तमा नियन्त्रणबाट छाडेको थियो ।
प्रतिक्रिया दिनुहोस्