जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १६:५०

गृहनगर दमकमा प्रधानमन्त्री ओलीले विहिवार चियापान गर्ने


काठमाडौं, असोज ११

प्रधानमन्त्री केपी शर्मा ओलिले हरेक बर्ष गृहनगरमा गर्दै आउनु भएको चियापान यसपटक असोज १६ मा गर्नुहुने भएको छ । नेपाली हरुको महान चाड विजया दशमी, शुभ–दिपावली, छठ लगायतका पर्वहरुको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम १६ गते विहिवार गर्न लाग्नु भएको हो ।

यसअघि भने नवमीका दिनमा शुभकामना कार्यक्रम गरिदै आएकोमा यसपटक १६ गते बिहिवार कै दिन दमकमा हुने भएको छ । उक्त कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलिको आयोजना र पार्टी जिल्ला कमिटिको ब्यवस्थापनमा हुने छ ।

सोहिदिन औद्योगिक पार्कको निर्माण तयारी सुभारम्भ गरिने र मावा पुलको उद्घघाटन पनि गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा झापाका नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीसंग महत्वपुर्ण विषयमा छलफल तथा पार्टी कामको रिपोर्टिङ पनि गरिएको झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।

उहाका अनुसार मदन भण्डारी रंगशाला, जिल्लामा फलफूल उत्पादन, जुस उद्योग र वनको विकास, जिल्लाको विभिन्न ठाउका अव्यवस्थित जग्गा हरुको लालपुर्जा वितरण, खोलाहरुको तटबन्धन लगायतका बिषयमा पनि छलफल भएको छ ।

छलफलमा प्रदेश नम्बर एक का अध्यक्ष देवराज घिमिरे ,झापा सह–इन्चार्ज देवेन्द्र दाहाल,जिल्ला अध्यक्ष चिन्तन पाठक ,प्रदेश कमिटी सदस्य गगन पुरी, जिल्ला कमिटी सदस्य राधाकृष्ण खनाल र वेनु सिवाकोटी, आर्थिक विभागका सदस्य सुरज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।