जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १५:०२

माधवले दिए आफू कम्युनिष्ट नभएको प्रमाण


काठमाडौं, बैशाख १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको हिरक महोत्सव बहिष्कार गर्नुभएको छ ।

आफू कम्युनिष्ट नरहेको प्रमाण पेश गर्दै अध्यक्ष नेपालले नेकपाको स्थापना भएको ७५ बर्ष पूरा भएको अवसरमा आयोजित हिरक महोत्सव बहिष्कार गर्नुभएको हो । पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको हिरक जयन्ती महोत्सवमा सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेता गोदावरी पुगे पनि नेपालले बहिष्कार गर्नुभयो ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेले आयोजना गरेको महोत्सवमा सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खीलराज रेग्मीलगायत शीर्ष नेताहरु गोदावरी पुग्नुभयो ।

महोत्सवमा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्न गरेको छ । सोही कार्यक्रम माधवले बहिष्कार गर्नुभएको हो । माधवको अनुपस्थितिलाई उपस्थित कम्युनिष्ट कार्यकर्ताहरुले कम्यनिष्ट नरहेको प्रमाण पेश गरेको अर्थमा बुझेका छन ।

‘उहाँले म कम्युनिष्ट होइन भन्ने प्रमाण पेश गर्नुभयो, स्थापना दिवस बहिष्कार गरेर आफै नांगो बन्नुभयो,’ सो कार्यक्रममा पुगेका नेकपा एकीकृत समाजवादीकै कार्यकर्ताहरुले भने ।