जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १८:४५

१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा


बुटवल, १० बैशाख । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के।जी। प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।