जनता टाइम्स

११ बैशाख २०८१, मंगलवार १७:१७

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन


काठमाडौं, ११ बैशाख । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन हुनुभएको छ । चेम्बरका पूर्वअध्यक्ष समेत रहनुभएको श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन हुनुभएको हो ।

परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु रहनुभएको छ ।

परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्र्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशकदेखि सक्रिय छन् ।