जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार १४:४९

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ


सुर्खेत, १२ बैशाख । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको हो । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नुभएको हो ।

आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

भोली विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डामा कुरा नमिले पछि उहाँले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेको छैन ।