जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार १८:१४

बागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस


हेटौंडा, १२ बैशाख । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउने उहाँले बताउनुभयो । फागुन १५ बाट शुरु भएको हिउदे अधिवेसनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो । सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुभएको थियो ।