लमजुङ, असोज १२
पहिरोले बेंसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका–४, स्याँगेमा सडक अवरुद्ध भएको छ । स्याँगेको दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पहिरोले काठमाडौंबाट मनाङ घुम्न यात्रु लिएर आएको बा१६च ५०६८ नं. को स्करपियो जीप पुरेको छ । स्थानीयका अनुसार शनिबार साँझ मिर्मिरेमा पहिरो खस्दा सवारी साधनमा क्षति पुर्याए पनि यात्रु भने भाग्न सफल भएका थिए । यात्रुहरु झ्यालबाट हामफालेर भाग्न सफल भएका हुन् ।
डीएसपी रबिन्द्रमान गुरुङले चालकसहित ५ जनाको टोली मनाङतर्फ जाँदै गरेको स्करपियो जीप पहिरोमा परेको जानकारी दिनुभयो । पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने काम शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्