जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १५:१३

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक


काठमाडौं, १५ बैशाख । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाउनेक्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् ।

उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए । यो समाचार तयार गरुन्जेल नेपालले १०.३ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।