जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १८:३८

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण


जनकपुरधाम १५ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी ६ स्थित आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको छ ।

प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौ पुग्नु भएको मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलागी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरु अवस्थाबारे जानकारी लिनु भएको छ ।

परिवारहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको एकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्नु हुँदै उहाँले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताउनुभयो । बैशाख १२ गते मटिहानी नपा वडा नं। ६मा भएको भिषण आगलागीबाट एक सय ३ घर जलेको थियो ।