सुर्खेत, १६ चैत । जुम्लामा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई पक्राउ गरेको छ । पातारासी गाउँपालिका–३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन् ।
हिजो पातारासी गाउँपालिका–१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीका अनुसार छोरीले मुसलले आमाको टाउकोमा प्रहार गरेर हत्या गरेकी हुन् । छोरीको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्