जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १९:११

लागूऔषधसहित टिकापुरबाट दुना पक्राउ


धनगढी, १६ बैशाख । कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

टीकापुर नरपालिका–१ भुपुकमैया टोलस्थित बिजयनगरको कच्ची सडक खण्डबाट टीकापुरका २५ वर्षीय विकाश चौधरी र सोही ठाउँका १९ वर्षीय अमन चौधरी एक दशमलव ४० ग्राम लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट आठ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।