जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार ११:४०

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १७ बैशाख । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यता, आज तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो । यस्तै, आज चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।