जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार ११:४५

प्रि–ओपन सेसनमा १० अंक बढ्यो नेप्से


काठमाडौं, १७ बैशाख । आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ । नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ ।

आज प्रि–ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता शेयर कारोबार भएको छ ।

जसमध्ये ३४ कम्पनीको मूल्य बढेको छ भने ११ को मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।