जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १२:०४

धनुषामा पुरुषको शव फेला


काठमाडौं, १७ बैशाख । धनुषाको नगराइन नगरपालिका(२ मा एक जना पुरुषको शव फेला परेको छ । पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभयो । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उहाँको भनाइ छ।