जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १३:२३

भोजपुरमा जिप दुर्घटना, एक जनाको घटनास्थलमै गयो ज्यान


भोजपुर, १७ बैशाख । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको ज्यान गएको हो ।

दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ। घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।