जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १३:४६

वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत


भक्तपुर, १७ बैशाख । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई बलात्कार आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

फाजुले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।