जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १८:३४

नक्कली परीक्षार्थी पक्राउ


कालीकोट, १७ वैशाख । अर्काको सट्टामा परीक्षा दिंदैगरेका २६ वर्षीय नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार कालीकोटमा आज फेरि एक जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । तिलागुफा नगरपालिका–६ स्थित सत्यदेवी परीक्षा केन्द्रबाट अर्कोको सट्टा परीक्षा दिइरहेका पम्व बिष्ट पक्राउ परेको प्रहरीले जनाएको छ ।

कालीका माध्यमिक बिद्यालय छाप्रे ७ बाट कक्षा १२ मा अध्यारत प्रकाश पन्थीको परीक्षा दिंदैगरेको भेटिएपछि प्रक्राउ परेका हुन् । पन्थी भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताउनुभयो । यसअघि पञ्चदेव परीक्षा केन्द्रबाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेको थिए । यो सामाजिक बिषयसहित पहिलो दिन १४ गते अंग्रेजी बिषयको परीक्षा दिंदैगरेका दुई जना नक्कली परीक्षार्थीसहित कालीकोटमा आजसम्म तीन जना नक्कली परीक्षार्थी पक्राउ परेको उहाँले सुनाउनुभयो ।

पन्चदेव माध्यमिक बिद्यालय परीक्षा केन्द्रबाट जनजिवन माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता भानुप्रभात पाण्डेको सट्टामा परीक्षा दिँदै गरेका एक नावालक र किसान शाहीको सट्टामा परीक्षा दिंदै गरेका अर्को नावालक गरी दुई जना पक्राउ परेका थिए । उनिहरु नाबालक भएकाले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।