जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार १३:२४

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ


पर्सा, १८ बैशाख । वीरगंज महानगरपालिका–९ घण्टाघरस्थित सडकबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत–४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन् ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।