जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार १३:२८

फेवातालमा सशस्त्रको विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास


पोखरा, १८ बैशाख । कास्कीको पोखरा महानगरपालिका–६ बैदामस्थित फेवातालमा बैशाख १७ गते सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले विपद् उद्धार सम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी र विभिन्न संघसंस्थाका प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले हावाहुरी, आँधिबेरी तथा चट्याङ्गबाट उत्पन्न हुने विपद् प्रकोपको घटनामा परेकाहरुको उद्धार सम्बन्धी अभ्यास प्रदर्शन गरेका थिए ।