जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार १३:३२

गाईको मासुसहित काभ्रेबाट तीन जना पक्राउ


काभ्रे, १८ बैशाख । धुलिखेल नगरपालिका–१२ ठूलीचौरस्थित ठुलीचौर जंगलमा गाईको हत्या गरी बोरामा मासु ल्याउँदै गरेको अवस्तामा तीन जना पक्राउ परेका छन् । गाईको हत्या गरी नमोबुद्ध ११ तर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी जिल्ला प्रहरी कार्यालयको टोलीले बोरामा पोको पारी राखेको मासुसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

डिएसपी राजकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ११ जिमिरेका ५६ वर्षीय ईन्द्र बहादुर तामाङ, चिल्लेका ३५ वर्षीया शान्ता लामा र झापा घर भइ हाल काभ्रे डाँडा कटेरी माइती घर बस्दै आएकी ३६ वर्षीया ठुलीमाया तामाङ रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।