जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार १९:४४

प्रधानमन्त्रीपत्नी राधिकाको आँखाबाट आँसु झर्न थालेपछि


भक्तपुर, असोज १२ । भक्तपुर, असोज १२ । आइतवार दिउसो भक्तपुरको एक कार्यक्रम मञ्चित नाटकले सवैलाई भावुक बनायो । मानव सेवा आश्रमले आज दिउसो साढे ४ बजे भक्तपुरको कौसलटारस्थित एक पार्टी प्यालेसको हलमा भक्तपुर शाखा उदघाटन कार्यक्रम राखेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो, प्रधानमन्त्री केपी शर्मा ओली । उहाँसँगै मानवीय कार्यक्रम भएकोले धर्मपत्नी राधिका शाक्य पनि साथमा जानुभएको थियो । मञ्चमा पनि प्रधानमन्त्री ओलीसँग हुनुहुन्थ्यो शाक्य । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, भक्तपुर २ का सांसद महेश बस्नेतलगायतका नेताहरु अथिति हुनुहुन्थ्यो ।

कार्यक्रममा मानवसेवा आश्रमका अभियन्ताहरुले सडकमा अलपत्र परेका मानिसहरुको दैनिकीमा आधारित नाटक मञ्चन गर्न थाले । नाटकमा मानसिक सन्तुलन गुमाएकी गर्वभती महिलाको मृत्यु भएपछि प्रधानमन्त्रीपत्नी राधिका शाक्यले आफूलाई सम्हाल्न सक्नुभएन । उहाँको आखाबाट एकाएक आँसु झर्न थाल्यो ।

प्रधानमन्त्री ओलीसहित कार्यक्रमका दर्शक भावुक बन्नुभयो । तर शाक्यको बेदना भने पोखिएरै छाड्यो । उहाँले चस्मा झिकेर आँसु पुछनुभयो । शनिबारदेखि भक्तपुर शाखामा सडकमा अलपत्र परेका परेका ११ जनालाइ उद्दार गरि राखिएको छ ।