जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार ०८:१८

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन


काठमाडौं, बैशाख १९  एभरेष्ट बैंक लिमिटेडले देशका बिभिन्न स्थानमा रहेका ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहत रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । सो बैंकले मंगलवार सो स्थानमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ ।

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) काप्रदेश सभा सदस्यमाननीयश्री मधुसुदनसरनचौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइकेलले संयुक्त रुपमा गर्नुभयो ।

उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान, वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समिति अध्यक्ष प्रमात्मा बाँनिया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरिक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल केसीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनि कतथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराइने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहजहुने र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहजहुने कुरा व्यक्त गर्नुभयो ।

सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहजतथा सुलभ हुने बताउनु भयो । सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि निम्नानुसारको शुभारम्भ अफरहरु पाउने सो बैंकले जनाएको छ ।

साधारण बचत खाता (न्युनतम मौज्दात) रु. १००।-
चल्ती खाता (न्युनतम मौज्दात) रु. २,५००।-
तलबी बचत खाता – शुन्य मौज्दात ।-
नारी बचत खाता – रु. १,२५०।-

डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाईब बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क । पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवादिँदै आइरहेको छ ।