जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार १२:४०

प्रभु इन्स्योरेन्सको बैशाख २० गते साधारण सभा


काठमाडौं, १९ बैशाख । प्रभु इन्स्योरेन्सको बिहीबार वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । सभा, प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यसैगरी, बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।