जनता टाइम्स

२० बैशाख २०८१, बिहीबार १३:५०

मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो


काठमाडौं, २० बैशाख । मेरो माइक्रोफाइनान्सको ८४६.३० प्रतिशतले खुद नाफा बढेको छ । बम्पनीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा ह्वातै बढेको हो । उक्त अवधिसम्म मा खुद नाफा ८४६.३० प्रतिशतले बढेर १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा खराब कर्जा १.४९ प्रतिशत विन्दुले र इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो ।

गत वर्ष १३ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज ३ करोड ८८ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष १ करोड ३६ लाख ६७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १७ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख ५८ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दनी ११ रुपैयाँ १९ पैसाले बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ ।