जनता टाइम्स

२० बैशाख २०८१, बिहीबार १९:१०

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ


धनगढी, २० बैशाख । कैलालीको पहलमानपुरबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१० का २२ वर्षीय दिपक खड्कासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई ४५० मिलीग्राम लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार् सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।