जनता टाइम्स

२१ बैशाख २०८१, शुक्रबार १४:५१

आज सुनचाँदीको मुल्य कति पुग्यो ?


काठमाडौं, २१ बैशाख । नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ ले घटेर १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ८५० मा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य विहिबारकै प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।