जनता टाइम्स

२१ बैशाख २०८१, शुक्रबार १९:४६

कञ्चनपुरमा एक घरमा आगलागी हुँदा २५ लाखको क्षति


कञ्चनपुर, २१ वैशाख । कञ्चनपुरमा एक जनाको घरमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको हो । आज विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरले बताउनुभयो ।

उहाँको घरसहित गाई गोठमा आगलागी भएको हो । आगलागीबाट घर,गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । तीन वटा बाख्रा जलेर मरेका छन् भने एक भैँसी जलेर घाइते भएको छ । प्रहरी निरीक्षक बुडाऐरका अनुसार घरमा राखिएको नगद पाँच लाख समेत जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।