जनता टाइम्स

२१ बैशाख २०८१, शुक्रबार २०:०२

ग्लोबल आईएमई बैंकद्धारा प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम सम्पन्न


काठमाडौं, २१ बैशाख । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकको काठमाडौंस्थित कान्तिपथ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरि तालिम सम्पन्न गरेको हो । कार्यक्रममा कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी, डेविट कार्ड, क्रेडिट कार्ड, इ–कमर्स, र वित्तीय अनुशासनसम्बन्धी जानकारी गराइएको थियो ।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्दै आएको आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराउनुभयो । यस्तै शाखाका प्रबन्धक यादव शर्माले यस कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता रहेको बताउनुभयो ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंक निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो । ४६ लाख भन्दा बढि ग्राहकको खाता सञ्चालनमा रहेको बैंकको देशभर ३ सय २२ स्थानमा शाखारहित बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा युवा–युवतीहरूको उपस्थिति रहेको थियो । वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी आयोजना गरिएको कार्यक्रममा ३०० भन्दा बढिको सहभागिता रहेको बैंकले जनाएको छ ।