जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार १४:२६

अष्ट्रेलियाकी महिला सांसदमाथि यौन दुर्व्यवहार !


काठमाडौं, २३ बैशाख । अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफुलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गर्नुभएको छ । ब्रिटनी लाउगाले एक इन्स्टाग्राम पोस्टमा उनीमाथि निर्वाचन क्षेत्र येप्पुनमा हमला भएको बताउनुभएको हो । ३७ वर्षीय अष्ट्रेलियाली सांसद पहिले अप्रिल २८ मा प्रहरीमा गएकी थिइन् र त्यसपछि अस्पताल पुग्नुभएको थियो । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लाउगाले इन्स्टाग्राम पोस्टमा लेख्नुभएको छ,‘अस्पतालमा गरिएको परीक्षणले मलाई औषधि दिइएको थियो । यी औषधिले आफ्नो शरीरमा असर गरेको र उनीहरुको सम्पर्कमा आएका सबै महिलालाई लागूऔषध खुवाइएको थियो ।’ उहाँले भन्नुभयो,‘यो ठीक होइन। हामीले लागूऔषध खुवाइने र आक्रमणको डर नराखी हाम्रो सहरमा सामाजिक रूपमा काम गर्न सक्नुपर्छ ।’ उजुरीका आधारमा यस विषयमा यिपुनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उहाँले यस विषयमा हाल अन्य कुनै उजुरी नपरेको बताउनुभयो ।

प्रहरीले यस विषयमा कुनै जानकारी भएमा अधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । क्वीन्सल्याण्डको आवास मन्त्री मेगन स्क्यानलनले घटनालाई स्तब्ध र डरलाग्दो भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘ब्रिटानी क्वीन्सल्याण्ड संसदमा एक सहकर्मी, एक साथी, एउटी युवती हुन् । यो पढेर म धेरै छक्क परें ।’ उहाँले महिला घरेलु, पारिवारिक र यौन उत्पीडनको सिकार हुनु अस्वीकार्य रहेको बताउनुभयो ।