जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार १८:०७

फिल्म निर्देशनमा प्रकाश सपूत


काठमाडौं, २३ बैशाख । गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गर्नुभएको छ । आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले बसन्त नामको फिल्म बनाउने घोषणा गर्नुभएको हो । ‘वसन्त’ मा मुख्य भूमिकामा प्रकाश आफै रहने छन् भने उनको अपोजिटमा स्वस्तिमा खड्का हुने बताइएको छ । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको निर्देशन पनि प्रकाश सपुत आफैँले गर्दै छन् ।

सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ । चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् । सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् । प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । उहाँले फिल्म‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् । आफ्नो फिल्म अघि यस फिल्मको छायांकन सक्ने उहाँले बताउनुभयो ।